News Griha :: न्यूजगृह
कुरा नचल्नेको कुरा चल्न थाल्यो भने तपाईंको स्थिति के होला प्रधानमन्त्री ज्यू?

काठमाडौं— नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अहिले राजनीतिक रुपले विश्वासको मत लिए पनि अब प्रधानमन्त्रीको हातल के हुन्छ भन्दै प्रश्न गरेका छन्। 

प्रतिनिधि सभाको बैठकमा शर्माले पहिले दुई तिहाईको विश्वासको मत भए पनि अहिले फिर्ता भएको बताए। उनले भने, ‘अघिल्लो पटक तपाईंको दुईतिहाई मतको विश्वास थियो। क्यामेराहरू बन्द गर्ने हो भने सत्ता पक्षमा छौँ टेबल ठोक्नु हुँदैन भन्ने मान्यताले मात्र नत्र तपाईंमाथिको दुई तिहाईको विश्वासको मत फिर्ता भएको छ। म सत्ता पक्षमा बस्नुभएका साथीहरूको अनुहार हेरेर म भन्छु। राजनीतिक रुपले तपाईंलाई विश्वास प्राप्त होला तर गणितीय रुपले विश्वास फिर्ता भएको छ।’

धोका दिँदै हिँड्दा आफ्नो हालत के हुन्छ भन्दै शर्माले प्रधानमन्त्रीलाई सचेत गराएका छन्। उनले भनेका छन्, ‘धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ? पहिले विपक्षमा भएकाहरूको एक ठाउँमा भए भने। अघिको पृष्ठभूमि हेर्ने हो भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुरा नचल्ने हो भनेर सोध्नुभयो। हाम्रो सभापतिले तलबाटै चल्ने हो भनेर संकेत गर्नुभयो। यी कुरा नचल्नेबीच कुरा चल्न थाल्यो भने तपाईंको स्थिति के होला प्रधानमन्त्री ज्यू ?’

सरकारको कामको समीक्षा गर्दै कांग्रेसले स्थिति बदलौँ भने पनि प्रधानमन्त्रीले गठबन्धन नै बदलेको बताए।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:०२
Weather Update