
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेले देशमा ठूला कामहरु गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभइ गठबन्धन परिवर्तन प्रधानमन्त्री प्रचण्ड र आफूले मिलेर गरेको बताए।
उनले भने, ‘नेपाली कांग्रेसले पहिले कसैले नभनिकन समर्थन गरेको थियो। पोहोर समर्थन गर्नहुने अहिले नहुने के भयो ? मान्छे त उही नै हो नि । हामीले सँगै मिलेर ठूला काम गरेका छौं । राम्रा काम जति सबै आफूले गरेको जस लिन्छ कांग्रेसले । गठबन्धन परिवर्तन गर्न यो देश आयो, त्यो देश आयो भन्छ । हामी दुई भाईलाई जस दिएपनि हुन्छ।’
धेरै पटक कागज गरेर कागजहरु खोष्टामा परिवर्तन भएको उल्लेख गर्दै ओलीले कागजी सहमतिमा आफूलाई विश्वास नभएको उल्लेख गरे।