News Griha :: न्यूजगृह
पूर्वअर्थमन्त्री महतलाई प्रचण्डको चेतावनी—मैले कसका लागि पैसा मागेँ पुष्टी गर्नुहोस्

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले जथाभावी खर्च गर्न खोजेको पुष्टी गर्न चुनौती दिएका छन्। 

प्रतिनिधि सभाको जारी बैठकमा विश्वासको मत माग्दै प्रचण्डले गठबन्धन भत्कनुमा प्रधानमन्त्रीले जथाभावी खर्च गर्न चाहेको र आफूले नदिएपछि यस्तो भएको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसलाई पुष्टी गर्न चुनौती दिएका हुन्। 

उनले गलत प्रचार गरेर जनतालाई भ्रममा नपार्न भनेका छन्।

बैठकमा प्रचण्डले भने, ‘आजमात्र मैले देखेँ, पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मनपरी पैसा खर्च गर्न चाहेको थियो। मैले दिइन त्यही भएर यस्तो भयो भन्ने आसयको अभिव्यक्ति दिनुभएको रहेछ। म डा प्रकाशशरण महतलाई यो कुरा पुष्टी गर्न चुनौती दिन्छु। मैले कहाँ कसको लागि पैसा मागेँ। गलत प्रचार गरेर जनतालाई भ्रम नपार्न पनि म डाक्टर सापलाई  विशेष आग्रह गर्दछु।’

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:१३
Weather Update