संसदमा कांग्रेस सांसद थिंङले भनिन्— प्रधानमन्त्री ज्यूले उथलपुथल नै गर्नुभएछ

काठमाडौं— प्रतिनिधि सभाको बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुखले कांग्रेस सांसद सुशीला थिंङलाई समय दिएका थिए।
थिङले सदनमा रुलिङ भएको विषय के भयो भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीले उथलपुथलका नाममा ठगीमा जोडिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘सदनमा उठेका कुरा सम्बोधन गरेको भन्नुहुन्थ्यो। उहाँले सम्बोधन कस्तो ठाउँमा गर्नुभयो। उहाँकै शब्दमा भन्छु उथलपुल गरेर ल्याउनुभएछ। उहाँले सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएर उथलपुथल पार्नुभएछ।’
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० ११:३१