कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं— कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ।
आजको प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए।
कार्यव्यवस्था परामर्श समितिमा आज संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका भएकाले सोही विषयमा छलफल हुनेछ।
संसद भवनको शंकर हलमा जारी बैठकमा प्रधानमन्त्रीको विश्वासको मत लिने तथा आगामी १५ दिनको क्यालेन्डरलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १०:४५