News Griha :: न्यूजगृह
भ्यान र मोटरसाइकल जुँधेर भएको दुर्घटनामा एक जनाको मृत्यु

धनकुटा— धनकुटाको साँगुरीगढी गाउँपालिका-७ मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकको पछाडि बसेका धनकुटा, साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् ।

घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०८:०१
Weather Update