News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने

काठमाडौं— प्रतिनिधि सभाको अर्को बैठक वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । 

आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रिय सभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गरेका हुन् । 

यसैगरी राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधि सभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १४:४१
Weather Update