News Griha :: न्यूजगृह
चिकित्साशास्त्र स्नातकोत्तर तहको विद्यार्थी भर्ना प्रक्रिया सच्याउन डा. तोसिमा कार्कीको माग 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्साशास्त्र अन्तरगत स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन् । 

सरकारले बढी अंक ल्याएका विद्यार्थीहरूाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उनले सरकारलाई सुझाव पनि दिइन् ।

सांसद कार्कीले सरकारले जेहेनदार विद्यार्थीहरूमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरूलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत स्पष्ट पारिन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १४:३०
Weather Update