News Griha :: न्यूजगृह
ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु
dawn.com

काठमाडौं—  पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते छन्। घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

ग्यास सिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त भवनमुनि दबिएर उनीहरूको मृत्यु भएको जनाइएको छ। घटनामा परेर मृत्यु भएका पाँच जना एकै परिवारको रहेको पाकिस्तानी अखबार डनले जनाएको छ।

Prabhu Bank

जिल्ला आपतकालीन अधिकारी डा. कलीमुल्लाहले मृतकको शव र घाइतेहरूलाई पाँच घण्टामा निकालिएको बताए। उद्धारका लागि ७० जना भन्दा बढी उद्धारकर्मीहरू परिचालित भएका थिए। 

घटनापछि मुल्तानको डेपुटी कमिश्नर रिजवान कादिरले भौतिक संरचनाको निरीक्षणका लागि प्राविधिक समिति पनि गठन गरेको डनले जनाएको छ।  त्यहाँका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) मुल्तान सोहेल चौधरीले ग्यास सिलिन्डर विस्फोट भएको र त्यसै कारण घरहरू क्षतिग्रस्त भएको जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:५७
Weather Update