-1710234833.png)
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनेकौं बहाना बनाएर धोका दिएको आरोप लगाएका छन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याएको महतको आरोप छ।
पार्टी मुख्यालय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्री महतले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोशी प्रदेशका बहानामा प्रचण्डले धोका दिएको आरोप लगाए।
उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याउनुभएको छ। कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिसकेका छौँ। प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन्। यो सबै कपोलकल्पित र झुटो हो।’
प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपपछि मात्र ३ पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृति भएको टिप्पणी गरे। उनले भने, ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र वेइमानीको संज्ञा दिसकेका छौँ। प्रधानमन्त्रीले सदनमा बोल्दै गर्दा कांग्रेस महासमिति बैठकका कुरा, कोशीका कुरा गर्नुभएको थियो। यो सब बाहानाबाजी थियो। यही आम निर्वाचनपछि पनि ३ पटक गठबन्धन परिवर्तन गर्नुभएको छ। उहाँको प्रवृतिजन्य निर्णय सिवाय केही होइन।’