News Griha :: न्यूजगृह
सीके राउत नेतृत्वको जनमत पार्टीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवार उठाउने

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ। हालै बसेको केन्द्रीय सचिवालय बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए। 

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले आगामी वैशाख १५ गते मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।  

जनमत पार्टीले नयाँ सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने निर्णय गरेको पनि प्रवक्ता यादवले जानकारी दिए। सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको यादवले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:२९
Weather Update