News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

काठमाडौं— राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। 

राष्ट्रिय सभामा आज भएको निर्वाचनमा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको छ। पक्षमा परेको ३९ मत राष्ट्रिय सभामा रहेका सदस्यको बहुमत भएकाले दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्। 

दाहाल सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनेका थिए। 

यसअघि नेपाली कांग्रेसतर्फबाट उम्मेदवार बनेका युवराज शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव भने अस्वीकृत भएको थियो। ५६ मतदाताले मतदान गर्दा शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेपछि बहुमतले शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत भएको थियो। 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:२३
Weather Update