युवराज शर्माको पक्षमा १७ मत

काठमाडौं— राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत परेको छ।
आज मतदानमा ५६ जनाले सहभागीता जनाएका थिए। सो मतदानमा शर्माको पक्ष अर्थात हुन्छ भन्ने तर्फ १७ मत परेको छ।
त्यस्तै विपक्ष अर्थात हुन्न भन्ने पक्षमा ३९ मत परेको छ। १७ मत राष्ट्रिय सभामा रहेको मतको बहुमत नभएकाले शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत भएको छ।
शर्मा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार हुन।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १३:१३