सुनको सिक्री नपाएको झोकमा विवाह मण्डप छोडेर भागेका बेहुला पक्राउ

काठमाडौं— बेहुली पक्षले सुनको सिक्री नदिएको झोकमा विवाह मण्डपबाट फरार भएका बेहुलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोकका उमेश साह छन्। साह वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर समेत हुन्। बेहुली पक्षले उनलाई १२ लाख नगद, मोटरसाइकल बापत ३ लाख २५ हजार, ल्यापटप, सुनको औंठी दिएको थियो ।
तर सिक्री नपाएको भन्दै उनी मण्डप छोडेर फरार भएका थिए।
तर बेहुला पक्षले भने आफूहरूले केही नमागेको दाबी गरेको छ । बेहुली पक्षले दुर्व्यवहार गरेका कारण मनमुटाव भएको बेहुला पक्षको दाबी छ । सामान्य मनमुटावको कुरालाई अतिरञ्जित गरिएको र आफूहरूको चरित्र हत्या गरिएको गुनासोसमेत बेहुला पक्षले गरेको छ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:३३













