News Griha :: न्यूजगृह
नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने–राष्ट्र तपाईंको साथमा छ

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–टू को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन् ।

टियू क्रिकेट रंगशालामा जारी यूएईविरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जितको शुभकामना दिएका हुन् ।

‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ओलीले ट्विटर मार्फत् शुभकामना दिँदै भनेका छन्, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु ।’

नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । लिग टू मा नेपालको ३५ खेलबाट ३८ अंक रहेको छ । आजको खेल जिते नेपाल शीर्ष  ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०९:१७
Weather Update