News Griha :: न्यूजगृह
गृह सचिवमा एकनारायण अर्याल

काठमाडौं— गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ।

यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम सचिवका रुपमा कार्यरत थिए। उनी गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका कर्मचारी हुन्।

गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २०:५१
Weather Update