News Griha :: न्यूजगृह
बारा–२ मा एमालेले चुनाव जितेपछि विकास के हो देखाउँछ : पौडेल

बारा— नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं.२ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानअन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले बाराका जनता एमाले जिताउन आतुर रहेको दाबी गरे ।

नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरूको दिन अब सकिएको बताए । उनले बारा–२ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रूत गतिमा अघि बढाउने बताए । 

‘बारा–२ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाएँ, पौडेलले भने ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउँनेछ ।’

बारा–२ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रूपमा प्रयोग गर्न केही नेताहरू चुनावी मैदानमा देखिएको भन्दै उम्मेदवार पौडेलले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०९:१९
Weather Update