
मोरङ— नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान अवस्थामा कांग्रेसका नेता एवम् कार्यकर्ता एकढिक्का हुनुपर्ने बताएका छन् ।
कांग्रेस मोरङले शनिबार आयोजित नव वर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवम् नेतृत्वले बिर्सी एकढिक्का भएको विचार राखे ।
नेता डा.कोइरालाले कार्यताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे ।
उनले वर्तमान उपनिर्वाचनमा दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्तले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे ।
पूर्वउपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि नकांको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।













