News Griha :: न्यूजगृह
बालुवाटारमा मार्च पास गर्दै मिटरव्याज पीडितले भने— हामी गणतन्त्र विरोधी होइनौं

काठमाडौं— मिटर ब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ३७ औं दिन ‘बालुवाटार मार्च’गरेका छ। 

बुधबार संघर्ष समितिले फाल्गुण १३ देखि २१ गतेसम्म ५ पटक वार्तामा बस्दा पनि सरकारसँग सकारात्मक वार्ता हुन नसेकाले आन्दोलनलाई थप सशक्त बनाउन बाहेकको विकल्प नरहेको भन्दै भृकुटीमण्डपबाट बालुवाटारसम्म मार्च गरेको हो। 

मार्च कार्यक्रममा सहभागी मिटर ब्याजपीडित मेहु गिरीले सरकारले आफूहरूको आन्दोलनमा अवरोध पुर्‍याएर झन पीडित बनाएको गुनासो गरे। 

Miterbyaj_Pidit-(1)-1709712169.jpg
एक लाख रुपैयाँ साहुबाट ऋण लिएर चार लाख बुझाएपछि पनि साहुले जग्गा नै लिलामी गरिदिएको भन्दै उनले न्यायाधीशले समेत घुस खाएकाले न्यायप्रति नै आशा मरेको बताए । 

उनले भने, ‘हामी यहाँ पनि पीडित भइरहेको छौं। प्रशासनले ठाउँ ठाउँमा अवरोध गरिरहेको छ। हामी शान्ति जुलुस गर्न लागेको हो। कुनै पार्टीलाई गाली गरेको होइन्। पैदल हिडेर आएको महिना दिन पुगिसक्यो। हामीले गणतन्त्रको विरोध गरेका छैनौं। हामीलाई न्याय चाहिएको हो। मैले एक लाख रुपैयाँ लिएर चार लाख रुपैयाँ बुझाए तर पनि जग्गा नै लिलामी गरिदियो। न्यायाधीशले समेत घुस खाएको छ। न्यायप्रति नै आशा मरेको छ।’ 

Miterbyaj_Pidit-(16)-1709712168.jpg
त्यस्तै काँकडभिट्टाबाट पैदलमा सहभागी भएर आएका अर्का पीडित लालबहादुर मगरको पनि गुनासो उस्तै छ। साहुसँग ३ लाख ४० हजार रुपैयाँ लिएर २ वर्षमा ६ लाख ८० हजार दिने सहमति भएकोमा दुई वर्ष नपुग्दै जग्गा नामसारी भएर साहु समेत बेपत्ता रहेको उनले बताए। 

‘यहाँ आउने व्यक्ति अनेक देखियता पनि सबैको कथा एउटै हो। काँकडभिट्टादेखि माग १६ गतेदेखि ३७ औं दिन भइसक्यो आज हिँडेको हातखुट्टा सुन्निएको छ। हामीले सहयोगको लागि सरकारलाई धेरै अपिल गरिसक्यौ तर केही सहयोग भएको छैन्’ उनले भने,‘ मैंले साहुलाई ३ लाख ४० हजार लिएको २ वर्षमा ६ लाख ८० हजार दिने सहमति भएको थियो २ वर्ष नपुग्दै अर्कोको नाममा नामसारी गरिदिएछ।’ 

Miterbyaj_Pidit-(14)-1709712166.jpg

Miterbyaj_Pidit-(15)-1709712166.jpg

Miterbyaj_Pidit-(13)-1709712165.jpg

Miterbyaj_Pidit-(10)-1709712164.jpg

Miterbyaj_Pidit-(11)-1709712164.jpg

Miterbyaj_Pidit-(9)-1709712162.jpg

Miterbyaj_Pidit-(8)-1709712162.jpg

Miterbyaj_Pidit-(6)-1709712161.jpg

Miterbyaj_Pidit-(7)-1709712161.jpg

Miterbyaj_Pidit-(4)-1709712160.jpg

Miterbyaj_Pidit-(5)-1709712160.jpg

Miterbyaj_Pidit-(2)-1709712159.jpg

Miterbyaj_Pidit-(3)-1709712159.jpg

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:४९
Weather Update