मन्त्रिपरिषद् विस्तार
परराष्ट्रमन्त्रीको शपथ लिँदै एनपी साउद

काठमाडौं— नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
बालुवाटार स्रोतका अनुसार साउद आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त हुनेछन् । उनले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।
हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रसहित ६ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
कांग्रेसले आफ्नो भागमा परेको मन्त्रालयको मन्त्री सिफारिस नगर्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छैन ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०६:१५













