News Griha :: न्यूजगृह
नयाँ वर्षको पहिलो आइतबार तपाईंको राशिफल

३ वैशाख २०८०, आइतबार ।  वैशाख कृष्ण एकादशी तिथि ।  पञ्चाङ्ग शुक्ल बव धनिष्ठा । वरुथिनी एकादशी व्रत । तपाईंको राशिफल यस्तो छ ।

मेष 

भेटघाट र रमाइलोमा समय बित्नेछ । बोलीचालीमा मिठास आउनेछ । पढाइलेखाइमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष

व्यापार व्यवसायबाट लाभ मिल्नेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ । साथीभाईको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

मिथुन

शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ । बोलेको काममा सफलता मिल्नेछ । गरेको कामको उचित मूल्यांकन हुनेछ । 

कर्कट

जागिरमा पदोन्नति हुने समय छ । बौद्धिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ ।

सिंह

धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कन्या

धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । तपाईंको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन् ।

तुला

अरुले विश्वास गर्नेछन् । केही गरिहाल्नुपर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन् ।

वृश्चिक

सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । साथीभाईसँग रमाइलोमा समय बित्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

धनु

सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ । कलात्मक क्षेत्रमा राम्रो छ ।

मकर

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । भाग्य बलियो रहनेछ । परोपकारी काममा रुचि बढ्नेछ । मन उत्साहित हुनेछ ।

कुम्भ

नोकरीमा उतारचढाव आउनेछ । परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । जग्गा जमिनको कामबाट लाभ मिल्नेछ ।

मीन

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रोकिएका कामहरु सुचारु हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । स्वास्थ्यमा समस्या देखिनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०६:००
Weather Update