
काठमाडौं— धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले बजेटमा कोशीको पानी ल्याउने परियोजना नपरे सांसदहरूलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् ।
उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभल्यूशन’ मा स्ट्याटस लेख्दै प्रमुख राईले आफू धरानको नगर प्रमुख हो भन्ने नभुल्न चेतावनी दिएका हुन् ।
‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को !,’ उनले लेखेका छन्, ‘ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’
राईको स्ट्याटसमा काठमाडौं महानगरका प्रमुख बालेन साहले पूर्ण समर्थन व्यक्त गरेका छन् । बालेनले टिप्पणी गरेका छन्, ‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

त्यसअघि, अर्को स्ट्याटसमा प्रमुख राईले आफू सफल भइसकेको र अब अशोक राई, रमेश बस्नेत र विजय राईहरू सफल माननीय बन्ने कि नबन्ने भन्ने हेर्न बाँकी भएको उल्लेख गरेका छन् ।













