कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने

काठमाडौं— नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
उनले भोलि ३ बजे शपथ लिने कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् ।
मन्त्रिपरिषद् बिस्तारका लागि शनिबार बिहान बसेको सत्तारूढ तीन दलको बैठकले ठोस निर्णय नगरेपनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।
परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० १८:३४













