News Griha :: न्यूजगृह
शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग बेग्लाबेग्लै भेट
फाइल तस्बिर

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेतासँगको भेटवार्तालाई तीब्र पारेका छन्। प्रधानमन्त्री दाहालले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बेग्ला बेग्लै भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री कार्यालयले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीले भेटवार्ता अघि बढाएको जनाएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। 

प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि आज समिति बैठकमा पनि छलफल हुनेछ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:३६
Weather Update