
चितनव– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू मात्रै राम्रो देखिनका लागि सामाजिक सञ्जालमा गर्ने प्रचार रोक्न कांग्रेस नेताहरूलाई सुझाव दिएका छन्।
चितवनमा कांग्रेसले आयोजना गरेको अन्तर्क्रियामा नेता सिंहले ठूलो पार्टी कांग्रेसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए। उनले भने, ‘कांग्रेस ठूलो पार्टी भएकाले अब आन्तरिक व्यवस्थापनमा पार्टी लाग्नुपर्छ। पार्टीलाई थप मजबुद बनाउनुपर्छ। नेताहरूले आफूमात्र राम्रो देखिन सामाजिक सञ्जालमा व्यक्त गर्ने बोलीलाई लगाम लगाउन जरुरी छ। सबै जिम्मेवार बनेमात्र पार्टी मजबुद हुन्छ। पार्टी मजबुद भएमात्र व्यक्ति/नेता शक्तिशाली बन्न सक्छ। त्यसैले म आग्रह गर्छु। आफू पपुलर हुने नाममा पार्टीलाई कमजोर नबनाऔँ।’
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका आवश्यकता र मागलाई सम्बोधन गर्दै पार्टीका काममा अघि बढ्न सुझाव दिएका छन्। पार्टी भित्र तथा देशकै समस्यालाई आपसी मिलेर समाधान गर्नुपर्ने बताउँदै उनले जिम्मेवारीबाट कोही पन्छन् नमिल्ने बताए।
वर्तमान गठबन्धन कायम रहने बताउँदै नेता सिंहले गठबन्धनको राजनीतिलाई इमान्दारिताका साथ अघि बढाइने बताए।













