News Griha :: न्यूजगृह
काठमाडौंमा बिहानैदेखि फाट्टफूट्ट वर्षा

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि पानी छिट्याउन थालेको छ। 

नेपालमा अहिले पश्चिमी वायुको हल्का प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ। काठमाडौं उपत्यकाका केही ठाउँसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०५:३४
Weather Update