News Griha :: न्यूजगृह
ताल नै जमेर ‘बरफ’ बनेका बेला गोसाइँकुण्ड पुग्दा [तस्बिरहरु]

काठमाडौं– यस वर्ष हिउँदमा अपेक्षित वर्षा भएन। पर्याप्त वर्षा नहुँदा पहाडी क्षेत्रका किसानलाई बाली नसप्रिने चिन्ता छ। पानी नपर्दाको असर हिमालमा पनि देखियो। अरु वर्ष हिउँले ढाकिने हिमाल यस वर्ष भने उजाड (कालापथ्थर) जस्तै देखिए। 

यद्यपि पश्चिम वायुको आंशिक प्रभावले केही पहाडी क्षेत्रमा वर्षा भयो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भयो। 

Gosaikunda_lake_4-1709369336.jpg

Prabhu Bank

हल्का हिमपातले पनि फागुन पहिलो सातासम्म उच्च पहाडी र हिमाली क्षेत्रका डाँडाहरु हिउँले ढाकिए। फागुनको दोस्रो साताको पहिलो आइतबार रसुवाको गोसाइँकुण्ड पुग्दा बाटोभर नै हिउँ देखिन्थ्यो। 

Gosaikunda_Lake_way_lauribina-1709369336.jpg

धार्मिक आस्थाका हिसाबले पवित्र गोसाइँकुण्ड पुग्दा अहिले निलो सरोवर देखिँदैन। मुख्य शिव कुण्डसहित पार्वती कुण्ड, भैरव कुण्ड सबै जमेका छन्। हिउँले ढाकिएका कारण सेताम्य देखिन्छन्। 

Gosaikunda_lake_3-1709369335.jpg

बाक्लो बरफ जमेका कारण गोसाइँकुण्ड (ताल)माथि हिँड्न पनि मिल्छ। गोसाइँकुण्ड पुगेका पर्यटकहरुले तालमाथि हिँडेर रमाइलो गर्छन्। 

वरपरका डाँडाहरु पनि हिउँले ढाकेका कारण अहिलेको समय गोसाइँकुण्ड क्षेत्र मनोरम देखिन्छ।   

 

Gosaikunda_Lake_way_-1709369336.jpg

 

Gosaikunda_Bhairavkunda_lake-1709369334.jpg

 

Gosaikunda_lake_2-1709369335.jpg

Gosaikunda_lake-1709369334.jpg

01_Gosaikunda_lake-1709369333.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:३८
Weather Update