News Griha :: न्यूजगृह
जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोत्तरीबाट उद्धार, महिला पक्राउ 

धनुषा– जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको  एक वर्षीय छोरालाई प्रहरीले अपहरण मुक्त गरेको हो। 

गत फागुन १२ गते साँझ घरको प्यासेजमा खेलिरहेका एक वर्षीय बालक बेपत्ता भएका थिए। बालकलाई महोत्तरीको लोहरपट्टी नगरपालिका–३ स्थित विभादेवी मण्डलको साथबाट उद्धार गरिएको धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी  दिए।

४२ वर्षीया मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको एसपी शर्माले बताए। 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १२:४५
Weather Update