News Griha :: न्यूजगृह
जापानका प्रधानमन्त्री फुमिओमाथि आक्रमण

टोकियो— जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ । 

प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको हो । वाकायामा भ्रमणमा रहेका बेला ठुलो विस्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ । 

उनीहरूतर्फ ग्यास वा पाइप बम प्रहार गरिएको थियो । उनले भाषण सुरु गर्नुअघि नै आक्रमण भएको हो । सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ । 

एउटा बन्दरगाहमा भीषण विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ । 

जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो । उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १२:२५
Weather Update