News Griha :: न्यूजगृह
७० लाखको लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा

काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७०  लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
    
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शङ्कास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो। 

लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी  आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:०९
Weather Update