News Griha :: न्यूजगृह
आईसीसी विश्वकप लिग टूमा आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा

काठमाडौं– जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्।
 
नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरुहुने छ।
  
नामिबिया पनि सहभागि यस प्रतियोगितामा उसले भने आफ्ना चार खेल खेल्दा तीन खेलमा जितको नतिजा निकालेको थियो।

जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने पराजित गरेको थियो। नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो।

आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार वटा एक दिवसीय क्रिकेट भएका छन्। जसमा दुवै टिमले समान दुई/दुई जित निकालेका छन्।
 
४ वर्षसम्म ८ टिमले लिग टूमा प्रतिस्पर्धा गर्ने र शीर्ष चार टिमले विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्ने छन्।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:५०
Weather Update