News Griha :: न्यूजगृह
संचय कोषलाई चाहियो ३० कर्मचारी, अनलाइन आवेदन दिन सकिने

काठमाडौं– कर्मचारी संचय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ।

कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ।

यस्तो छ सार्वजनिक सूचना

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:१४
Weather Update