आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना

काठमाडौं- अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसका कारण मौसममा आंशिकदेखि सामान्य बदलीसम्म हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लुम्बिनि र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० ०६:०४













