News Griha :: न्यूजगृह
उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ७ बालबालिकासहित १५ जनाको मृत्यु

काठमाडौं- भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

गङ्गामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो।

सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १३:४५
Weather Update