आगलागीमा परि झापामा बालकको मृत्यु, मस्जिद पनि जल्यो

विराटनगर- झापाको झापा गाउँपालिका–४ भानटोलीमा आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ। परालको कुन्यूबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो।
प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिपको जलेर मृत्यु भएको हो। आगलागीबाट इनाम हुसेन शेख र शाकिर हुसेन सेखको भान्सा घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन तथा नजिकै रहेको मस्जिदसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ८ लाख बराबरको क्षति भएको छ।
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८० १२:२८













