News Griha :: न्यूजगृह
रुसी आक्रमणमा आठ युक्रेनीको मृत्यु 

काठमाडौं— रुसको आक्रमणबाट दुई वर्षीय बालकसहित आठ युक्रेनी नागरिकको मृत्यु भएको छ । 

युक्रेनको पूर्वी डोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसी आक्रमणबाट २१ जना घाइते भएका छन् । आक्रमणबाट भग्नावशेष भएका क्षेत्रमा अझै केही मानिस फसेको हुन सक्ने आशंकासहित खोजी भइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । 

युक्रेनका अनुसार रुसी सेनाले पाँचवटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको छ । फेब्रुअरी २०२२ देखि रुसले युक्रेनमाथि निरन्तर आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०९:२३
Weather Update