News Griha :: न्यूजगृह
महिलाका गोप्य भिडिओ परिवारका सदस्यलाई पठाइदिएपछि... 

काठमाडौं-  सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापालाई  पक्राउ गरिएको हो।

थापाले पीडित महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडिओ उनीसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि थापालाई गोङ्गबुबाट पक्राउ गरिएको जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०८:०३
Weather Update