आज पनि पानी पर्ने सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

काठमाडौं- आज देशभरको मौसममा साधारणदेखि पूर्ण बदलीको सम्भावना छ।
कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनएको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना छ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० ०६:०८













