News Griha :: न्यूजगृह
करिब एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ 

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ।

सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन्। दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए।

भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित जेसनलाई पक्राउ गरिएको हो। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माको अनुसार जेसनले पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएका थिए। ‘शङ्काको आधारमा सर्च गर्दा सुन भेटिएको थियो,’ उनले भने।

थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुन र आरोपीलाई बुझाउने एसएसपी शर्माले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:३३
Weather Update