नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजलाई बोलाइएको छ।
पार्टी केन्द्रीय सचिवालयका अनुसार बैठक बिहान ११ बजेलाई बोलाइएको हो। बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत-वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० ०८:०४