News Griha :: न्यूजगृह
कांग्रेस महासमितिमा उठ्यो मिडियाका मुद्दा

ललितपुर– ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा महासमिति सदस्यहरूले मिडियाका मुद्दाहरू उठाएका छन्। 

महासमिति बैठकमा बोल्दै आमन्त्रित महासमिति सदस्य सरोज अधिकारीले प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै लोकतन्त्र माथिको आक्रमण भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।

उनले भने ‘पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस् ।’ शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको तर अधिकार नदिएको उनको गुनासो थियो। उनले भने, ‘विभिन्न भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकाले अधिकार पनि दिनुपर्छ।’

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:३५
Weather Update