मौसम
आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं— देशका विभिन्न स्थानमा आज दिउँसो वर्षा हुने पूर्वानुमान छ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक/दुई स्थानमा अपराह्नतिर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबारसम्म जारी रहने महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ ०६:५१













