News Griha :: न्यूजगृह
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

पाेखरा— गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सो अधिवेशन प्रदेश सभा भवन नदीपुरमा ९ वैशाख २०८० शनिबार अपराह्न ३ बजेका लागि आह्वान गरेकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १९:३७
Weather Update