News Griha :: न्यूजगृह
नयाँ वर्ष : रारामा पर्यटकको घुइँचो

मुगु— नयाँ वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकको घुइँचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ ।

विशेष गरेर नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रूपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरूको संख्या अत्यधिक बढेको बताइन्छ ।

‘पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन, भक्तपुरबाट घुम्न पुगेका इन्जिनियक कृष्णभक्त दुवालले भने, ‘तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधा सम्पन्न होटलहरू भइसकेका छन् ।’ यही कारण नयाँ वर्षमा रारा घुम्न आउनेहरूको भीड बढेको उनको बुझाइ छ ।

रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पूरा आकृति हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १८:५२
Weather Update