News Griha :: न्यूजगृह
सानो सहयोगले धेरै खुसी किसान

मुगु– छाँयानाथ रारा नगरपालिका-२ वडा कार्यालयले किसानलाई तरकारी खेतीका लागि आवश्यक सामाग्री बितरण गरेको छ। गाउँमा तरकारी खेतीको सम्भावना रहेको भन्दै किसानले माग गर्न थालेपछि वडा कार्यालयले तरकारी खेतीका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो।
 
किसानले तरकारी खेतीसम्बन्धी तालिम समेत पाएका छन्। वडा कार्यालयले चालु आर्थिक वर्षमा किसानलाई तरकारी खेतीमा सहयोग गर्न ४ लाख रुपैयाँ बजेट छुट्याएको थियो। सहयोगी हातहरूको समूह, सहास नेपालले थप २ लाख ४६ हजार रुपैयाँ थप गरेपछि अहिले किसानले ६ लाख ४६ हजार मूल्य बराबरका सामाग्री अनुदानमा पाएका छन्।
 Farmer-(2)-1708316824.JPG

चैनगाउँका ६० जना किसानलाई एक थान ग्रीन हाउस, एक थान गार्डेन पाइप, ५० मिटर ग्रीन हाउस जाली, स्प्रिंकल एक थान, दुई सय लिटरको ड्रम गरी पाँच प्रकारका सामाग्री बितरण गरिएको छायाँनाथ रारा नगरपालिका-२ का अध्यक्ष परेकराज चौलागाईले बताए। सानो सहयोगले उत्पादन बढाउने भन्दै किसानले खुसी व्यक्त गरेका छन्। 

‘गाउँ नजिकै बजार छ, गाउँमा तरकारी खेतीको सम्भावना छ, त्यसकारण किसानलाई तरकारी खेतीलाई व्यवसायिक बनाउन र अर्थोपार्जनको माध्यम बनाउन प्रोत्साहन गर्दै कृषि उपकरणहरू वितरण गरिएको छ,’ वडाध्यक्ष चौलागाईले भने।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:१२
Weather Update