प्रहरी हवल्दार मृत भेटिए

काठमाडौं– नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला रूपन्देहीस्थित बुटवल नजिकको जङ्गलमा मृत भेटिएका छन्।
मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत थिए। ठकुल्लाको शव बुटवलस्थित शिवनगर सामुदायिक वनमा सडिसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए।
‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किँदै गर्दा बुटवलमा झरेको देखिन्छ,’ पण्डितले भने। ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भए पनि घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० १४:५८













