News Griha :: न्यूजगृह
डीडीसीका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलियो

काठमाडौं– दुग्ध विकास संस्थानका महाप्रबन्धक संजीव झालाई कालोमोसो दलिएको छ। 

मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले झालाई शुक्रबार बिहान कालोमोसो दलेका हुन्। 

पशुपालक किसानबाट दुग्धजन्य पदार्थ किनेको भूक्तानी नदिएको तथा संस्थानमा आर्थिक अनियमितता लगायत भ्रष्टाचारजन्य गतिविधमा संलग्न रहेको भन्दै झालाई कालोमोसो दलिएको हो। 

लैनचउरस्थित संस्थानको कार्यालयमै गएर युवा संगठनका कार्यकर्ताहरुले झालाई कालोमोसो दलेका हुन्। 

वैद्य नेतृत्वको पार्टीनिकटको युवा संगठनले पछिल्लो समय सार्वजनिक पद धारण गरेका विभिन्न व्यक्तिलाई कालोमोसो दल्दै आएको छ। 

संगठनले केही दिन अगाडि मात्रै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कालोमोसो दलेको थियो। सवारी लाइसेन्समा घोटाला गरेको आरोप लगाउँदै रिजाललाई मोसो दलिएको थियो।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:२९
Weather Update