सभामुखको आह्वानमा बोलाइएको शीर्ष नेताको बैठक स्थगित

काठमाडौं— सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ ।
सभामुख घिमिरेले शुक्रबारका लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको सभामुख घिमिरेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा बोलाइएको थियो ।
सभामुख घिमिरेले संसद्को नियमित बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गर्दै आएका छन् । गत २५ चैत मा सिंहदरबारमा र २८ चैतमा सरकारी निवास बालुवाटारमा सभामुखले छलफल गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० ११:०४













