आज तराईमा हुस्सु, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।
आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका केही स्थानहरूमा भने हुस्सु लागेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँहरुमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन् ।
गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने गण्डकीका केही ठाउँहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० ०९:३४













