News Griha :: न्यूजगृह
आज समानुपातिक सांसद सिफारिस गर्दै जसपा

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ।

बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट अघिल्लो साता निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त छ। सोही  रिक्त स्थानको पदपूर्तिका लागि निर्णय लिन बैठक बोलाइएको  प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

सो निर्णयसँगै पार्टीको तर्फबाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ ।

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०६:४०
Weather Update